प्रकाशित : ३२ जेष्ठ २०७७, आईतवार १९:३३

विराटनगर, ३२ जेठ । प्रदेश १ मा कोरोना भाईरस संक्रमितको संख्या ३ सय ७१ पुगेको छ । आज २७ जना संक्रमित थपिएका छन् ।

मोरंगको रतुवामाईमा २५, झापाको गौरीगञ्ज र सुनसरीको रामधुनीमा १/१ गरि २७ जना संक्रमित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । संक्रमित भएका मध्ये २२ महिला र ३ सय ४९ पुरुष छन् ।

झापामा १ सय ७५ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ६८ जना डिस्चार्ज भएका छन् । झापाका १५ वटा स्थानीय तह मध्ये १४ वटामा संक्रमण देखिएको छ ।

मोरंगमा ७१ जना संक्रमित भएका छन् । सुनसरीमा ५७, उदयपुरमा ४३, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, संखुवासभा, तेर्हथुम र इलाममा २/२ र सोलुखुम्वुमा १ जनामा संक्रमण देखिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३