प्रकाशित : ३२ जेष्ठ २०७७, आईतवार ०६:२९

विराटनगर, ३२ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ३१ हजार पुगेको छ । आज विहान सम्म ४ लाख ३१ हजार ७ सय २६ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा विश्वभर ४ हजार ३७ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट हाल सम्म ७८ लाख ५५ हजार संक्रमित भएका छन् । विश्वभर १ लाख २७ हजार ९ सय ३५ जना नयाँ संक्रमित थपिएका छन् ।

विश्वभर संक्रमित भएका मध्ये ४० लाख १७ हजार बढि उपचारपछि निको भएका छन् । २ लाख ९५ हजार संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १७ हजार ५ सय २४ पुगेको छ । संक्रमितको संख्या २१ लाख ४१ हजार नाघेको छ ।

ब्राजिलमा ८ लाख ५० हजार बढी संक्रमित हुँदा ४२ हजार ७ सय बढीको ज्यान गएको छ । रसियामा ५ लाख २० हजार १ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ६ हजार ८ सय २९ रहेको छ ।

भारतमा ३ लाख २१ हजार ६ सय २६ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ९ हजार १ सय ९९ जनाको मृत्यु भएको छ । भारतमा १२ हजार २३ नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या २ लाख ९४ हजार ३ सय नाघेको छ । वेलायतमा ४१ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख ९० हजार ६ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३६ हजार ६ बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ३ सय बढीको मृत्यु भएको छ ।

पेरुमा २ लाख २० हजार ७ सय बढी संक्रमित हुँदा ६ हजार ३ सय बढीको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८७ हजार ४ सय बढी संक्रमित मध्ये ८ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३