प्रकाशित : ३१ जेष्ठ २०७७, शनिबार १९:००


विराटनगर, ३१ जेठ । प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ महिला सहित ५ जना र मोरंगमा ५ पुरुषमा संक्रमण देखिएको छ ।
प्रदेश १ मा संक्रमितको संख्या ३ सय ४४ पुगेको छ । आज १ महिला र ९ जना पुरुषमा संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आज संक्रमण देखिएकामा झापाको गौरीगञ्जमा ३ पुरुष, बार्हदशीमा १ पुरुष र शिवसतासीमा १ महिला, मोरंगको सुनवर्षीमा ४ पुरुष र पथरीशनिश्चरेमा १ पुरुषमा संक्रमण देखिएको छ ।
प्रदेश १ मा संक्रमित भएका मध्ये १ सय ६२ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज सम्म १५ हजार ५२ जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये १२ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्ये २ हजार १ सय ९९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा ११ हजार ८९ वेडको क्वारेन्टाईन तयार गरिएको छ ।
मापदण्ड नपुगेका १ सय ६४ वेड हटाइएको छ । प्रदेश १ मा क्वारेन्टाईनमा ३ हजार ९ सय ९९, होल्डिङ एरियामा ५ सय ५४ र होमक्वारेन्टाईनमा १० हजार ८ सय ५८ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।