प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार २१:५६


विराटनगर, ३० जेठ । प्रदेश १ मा आज ३० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ सय ३४ पुगेको छ ।
आज झापामा १३, सुनसरीमा १०, उदयपुरमा ३, मोरंगमा ३ र इलाममा १ जनामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा एक महिला र २९ जना पुरुषमा कोरोना संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
आज उदयपुरको बेलका नगरपालिकामा ३ जना, सुनसरी देवानगन्जमा १ पुरुष र १ महिला, झोक्राहामा ६ जना पुरुष, हरिनगरमा २, झापाको कचनकवलमा ११ जना पुरुष, बार्हदशीमा २ जना पुरुष, इलामको सुर्योदय नगरपालिकामा १ जना पुरुष र मोरंगको सुनवर्षीमा २ र पथरीशनिश्चरेमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज थप ८ जना कोरोना सङ्क्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ सय ६२ पुगेको छ ।