प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार १८:२९


विराटनगर, ३० जेठ । प्रधानमन्त्री कृषि आधुनिकीकरण ब्लक परियोजना कार्यक्रम अन्तर्गत सामुहिक मकै ब्लक संचालन समितिको भवन उद्घाटन गरिएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा निर्माण गरिएकको सो भवनको आज एक कार्यक्रमका बिच उद्घघाटन गरिएको हो । उद्घघाटन कार्यक्रममा बोल्दै सामुहिक मकै ब्लक संचालन समितिका संयोजक राजेन्द्रप्रसाद मेहताले आगामी दिनहरुमा यसलाई थप प्रभावकारी बनाउदै लगिने बताउनुभयो ।
प्रदेश १ कृषि विकास निर्देशनालयका निमित्त निर्देशक प्रकाशकुमार डागीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराव, गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।