प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार १७:३८

विराटनगर, ३० जेठ । नेपालमा कोरोना संक्रमणबाट १६ औं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँचीका एक ५७ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जिल्लाको मालारानी क्वारेन्टाइनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

योसँगै नेपालमा मृतकको संख्या १६ पुगेको छ । प्रवक्ता गौतमका अनुसार आज एकैदिन ४ सय ४८ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो । जसमा ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला रहेका छन् । विराटनगर अस्पतालमा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरिएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ । सरकारले पीसीआर परीक्षणको विधिलाई पछिल्लो समय तिव्रता दिएको छ ।

पछिल्लो २४ घण्टामा करिब ६ सय जनाको पीसीआर परीक्षण भएको छ । प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित सुनसरीको भोक्राहा क्वारेनटाइनमा बस्ने ६ जना, देवानगन्ज क्वारेनटाइनमा बस्ने २ जना र हरीनगर क्वारेनटाइनमा बस्ने २ जना रहेका छन् ।

प्रदेश १ मा संक्रमितको संख्या ३ सय १५ पुगेको छ । सुनसरीमा कोरोना सङ्क्रमितको संख्या ५६ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज थप ८ जना कोरोना सङ्क्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ सय ६२ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३