प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार १७:३५


विराटनगर, ३० जेठ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले महानगरपालिका क्षेत्र भित्र रहेका किराना र फलफुल पसलको अनुगमन गरेको छ ।
विराटनगर स्थित कञ्चनवारी, पुस्पलाल चौक, बुद्ध चौक, पोखरीया लगायत क्षेत्रमा रहेका किराना र फलफुल पसलहरुमा वाणिज्यका प्रमुख हिमालय बरालको नेतृत्वमा गएको टोलीले आज अनुगमन गरेको हो ।
अनुगमनको क्रममा केही पसलहरुमा सरसफाई नरहेको र मुल्य बढी लिएको पाएपछि प्रमुख बरालले त्यस्ता पसलका सञ्चालकहरुलाई उचित मुल्य र पसलमा सरसफाई राख्न निर्देशन दिनुभएको थियो ।
उहाँले अव उरान्त बढी मुल्य लिएको पाइएमा र सरसफाई नगरेका पसलका सञ्चालकहरुलाई वाणिज्य कार्यालयले तत्काल कार्वाही गर्ने चेतावनी समेत दिनुभयो । आज एक दर्जन भन्दा बढी पसलहरुको अनुगमन गरिएको थियो ।