प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार ०६:३७

विराटनगर ३० जेठ । भारतमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण तीव्र रुपले बढ्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ११ हजार बढीमा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ सय ९४ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा संक्रमितको संख्या २ लाख ९८ हजार २ सय ८३ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म ८ हजार ५ सय १ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये भारतमा एक लाख ४६ हजारभन्दा बढी निको भएका छन् । भारतमा कोरोना संक्रमणको सबैभन्दा बढी प्रभाव महाराष्ट्र, गुजरात, राजस्थान र तमिलनाडुलगायतका राज्य रहेका छन् ।

कोरोना संक्रमणका हिसाबले भारतले युरोपेली देश स्पेन र बेलायतलाई उछिन्दै चौथो स्थानमा उक्लेको छ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख २३ हजार पुगेको छ । आज विहान सम्म ४ लाख २३ हजार ७५ जनाको मृत्यु भएको छ । २४ घण्टामा विश्वभर ४ हजार ९ सय ४० जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट हाल सम्म ७५ लाख ८२ हजार संक्रमित भएका छन् । विश्वभर १ लाख ३५ हजार ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् ।

विश्वभर संक्रमित भएका मध्ये ३८ लाख ३३ हजार बढि उपचारपछि निको भएका छन् । ५३ हजार ८ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १६ हजार पुगेको छ । संक्रमितको संख्या २० लाख ८९ हजार नाघेको छ । ब्राजिलमा ८ लाख ५ हजार बढी संक्रमित हुँदा ४१ हजार बढीको ज्यान गएको छ । रसियामा ५ लाख २ हजार ४ सय बढी संक्रमित भएका छन् ।

रसियामा मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३२ रहेको छ । वेलायतमा संक्रमितको संख्या २ लाख ९१ हजार ४ सय नाघेको छ । वेलायतमा ४१ हजार २ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ८९ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३६ हजार बढी संक्रमित भएका छन् ।

इटालीमा ३४ हजार १ सय ६७ जनाको मृत्यु भएको छ । पेरुमा २ लाख १४ हजार ७ सय बढी संक्रमित हुँदा ६ हजार १ सय बढीको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८६ हजार ७ सय बढी संक्रमित मध्ये ८ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३