प्रकाशित : २९ जेष्ठ २०७७, बिहीबार १९:१४

विराटनगर २८ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले एमसीसी जर्वजस्त संसदबाट अनुमोदन गर्न नहुने बताउनुभएको छ ।

पार्टी सभापति शेरवहादुर देउवाले एमसीसीको समर्थन गरिरहेको बेला नेता कोइरालाले संसदबाट जवरजस्त अनुमोदन गर्न नहुने बताउनुभएको हो ।

कृष्णप्रसाद कोइराला गुठीले काग्रेस नेतृ शैलजा आचार्यको ११ औ स्मृति दिवसको सन्दर्भमा आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कुनै पनि संघ, संगठन, व्यक्ति, संस्था वा देशले विना स्वार्थ कसैलाई सहयोग गर्न नसक्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा गरेको संवोधन जिम्मेवारपूर्ण नभएको बताउनुभयो ।

कार्यक्रममा गुठी अध्यक्ष मिता आचार्य, कोषाध्यक्ष मोहनलाल महतो, पत्रकार अनन्तराज न्यौपाने र गैरसरकारी संस्था महासंघ मोरंग अध्यक्ष प्रभा अधिकारी लगायतले स्वर्गीय आचार्यको व्यक्तित्वबारे स्मरण गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३