प्रकाशित : २९ जेष्ठ २०७७, बिहीबार १९:१३

विराटनगर, २९ जेठ । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद १४ हजार बढीको नमूना संकलन गरिएको छ । आज साँझ सम्म १४ हजार ९ जनाको नमुना संकलन गरिएको छ ।

आज ८ सय २९ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा नमूना संकलन गरिएका मध्ये ११ हजार ९ सय ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । नमूना संकलन गरिएका १ हजार ८ सयको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा १४ हजार ६ सय ९५ जनाको आरडिटी परीक्षण गरिएको छ ।

प्रदेश १ मा १४ हजार ४ सय १७ वेड क्षमताको क्वारेन्टाईन तयार गरिएको छ । आज ३ सय वेड थप गरिएको छ ।

क्वारेन्टाईनमा ४ हजार १ सय ४०, होल्डिङ एरियामा ५ सय ७१ र होमक्वारेन्टाईनमा १० हजार ४ सय १६ रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३