प्रकाशित : २९ जेष्ठ २०७७, बिहीबार १९:१०

विराटनगर, २९ जेठ । प्रदेश १ मा आज ९ जना कोरोना संक्रमित थपिएका छन् ।

झापाको कचनकवलका ३ जना पुरुष, उदयपुरका ३ जना पुरुष, सुनसरी हरिनगरका १ पुरुष र १ महिला र रामधुनी नगरपालिकाका १ पुरुष गरि ९ जनामा संक्रमण पुष्टी भएको हो । प्रदेश १ मा आज देखिएका ८ जना विराटनगर र धरानमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टी भएको हो ।

उदयपुरका १ जनाको टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । प्रदेश १ मा संक्रमितको संख्या ३ सय ५ पुगेको छ ।

प्रदेश १ मा आज ३० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै झापाको कचनकवलका रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ सय ५४ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३