प्रकाशित : २९ जेष्ठ २०७७, बिहीबार ०६:३०

विराटनगर, २९ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख १८ हजार पुगेको छ । आज विहान सम्म ४ लाख १८ हजार १ सय २३ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५ हजार १ सय ५१ जनाको मृत्यु भएको छ ।

७४ लाख ४४ हजार संक्रमित भएका छन् । विश्वभर १ लाख ३३ हजार २६ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमति मध्ये ३७ लाख २२ हजार बढि उपचारपछि निको भएका छन् । ५३ हजार ८ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार १ सय २६ पुगेको छ ।

संक्रमितको संख्या २० लाख ६५ हजार नाघेको छ । ब्राजिलमा ७ लाख ७५ हजार बढी संक्रमित हुँदा ३९ हजार ७ सय ९७ को ज्यान गएको छ । रसियामा ४ लाख ९३ हजार ६ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ६ हजार ३ सय ५८ रहेको छ । वेलायतमा संक्रमितको संख्या २ लाख ९० हजार नाघेको छ ।

वेलायतमा ४१ हजार १ सय २८ पुगेको छ । वेलायत विश्वका कोरोना संक्रमित भएका देशको सूचीको चौथो नम्वरमा उक्लिएको छ । यस्तै स्पेनमा २ लाख ८९ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार १ सय ५५ पुगेको छ । भारतमा ८ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।

भारतमा २४ घण्टामा १२ हजार ३ सय ७५ नयाँ संक्रमित थपिएका छन् । इटालीमा २ लाख ३५ हजार ७ सय बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार १ सय बढीको को मृत्यु भएको छ ।

पेरुमा २ लाख ८ हजार ८ सय बढी संक्रमित हुँदा ५ हजार ९ बढीको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८६ हजार ८ सय बढी संक्रमित मध्ये ८ हजार ८ सय ४४ जनाको मृत्यु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३