प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार १८:३९

विराटनगर, २८ जेठ । पछिल्लो १५ दिनमा १७ सय बढी नेपाली नागरिकहरु जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेका छन ।

गएको १५ दिनमा १ हजार ७ सय २९ जना जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ । उक्त संख्याका मानिसहरुमा १ हजार ४ सय ७५ जना पुरुष र २ सय ५४ जना महिला छन ।

सोहि अवधिमा भारततर्फ जाने भारतीय नागरिकहरुको संख्या २ हजार ४ सय २४ छ । भारततर्फ जानेहरुमा १ हजार ९ सय २० पुरुष र ५ सय ४ जना महिला छन ।

नेपाल तथा भारत दुई देशबीच भएको सहमति पछि गएको जेठ १३ गते यता दुई देशका नागरिकहरुको प्रक्रिया पुर्याएर आउजाउ शुरु भएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३