प्रकाशित : २७ जेष्ठ २०७७, मंगलवार १८:५९

विराटनगर, जेठ २७ । प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकहरुको लागि अनलाइनबाट तथ्यांक संकलन शुरु गरेको छ ।

कोभिड–१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरकिहरुको तथ्यांक संकलन गर्ने गरी अनलाइन फारम भर्ने व्यवस्था प्रदेश सरकारले मिलाएको हो । उक्त तथ्यांक संकलन गर्ने फारमको मुख्यमन्त्री शेरधन राईले आज शुभारम्भ गर्नुभएको छ ।

गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । उक्त तथ्यांक https://helpline.p1.gov.np/ मा गएर सिधै भर्न सकिनेछ ।

यो फारम प्रदेश योजना आयोगमा रहनेछ । यो फारमले आफ्ना नागरिकहरुको सिपलाई प्रयोग गरिने मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । विदेशबाट फर्कन चाहेका, फर्किएका युवाहरुको सिपलाई हाम्रो प्रदेशको विकासमा लगाउन चाहन्छौं, मुख्यमन्त्री राईले भन्नभयो ।

तथ्यांक संकलन हुने फारममा युवाहरुको रुचीका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने उहाँको भनाई छ । विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई उद्यमा जोड्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री राईले बताउनुभयो ।

यो तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताउनुभयो । तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर अगाडि बढ्नुका साथै जिल्ला समन्वय समितिमा डेस्क बनाउने उहाँको भनाई छ ।

अनलाइन तथ्यांक फारममा व्यक्तिगत विवरण, योग्यता, ठेगाना, विदेशमा कार्यरत ठेगाना लगायत केही प्रश्नावली समेत राखिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३