प्रकाशित : २७ जेष्ठ २०७७, मंगलवार १८:५६

विराटनगर, जेठ २७ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ८२ पुगेको छ । आज ५ जना थपिएका छन् । मोरंगको रतुवामाईका २, जहदा गाउँपालिकामा १, सुनसरीको बराहक्षेत्रका १ र इलामका १ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ बाट आज २८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै झापाको कचनकबल गाउँपालिकाका रहेका छन् । उनीहरू वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ उपचार केन्द्रमा उपचाररत थिए ।

डिस्चार्ज हुनेमा १८ देखि ५६ वर्षका उमेर समूहका पुरुषहरू रहेका छन । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १ सय १८ पुगेको छ । प्रदेश १ मा १२ हजार ७ सय ७२ जनाको स्वाव संकलन गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३