प्रकाशित : २७ जेष्ठ २०७७, मंगलवार १८:५४

विराटनगर, जेठ २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटीले मंगलबारे अस्पतालको विकास एवम् स्तरोन्नति गर्ने घोषणालाई राजनीतिक रंग दिएर अफवाह नफैलाउन चेतावनी दिएको छ ।

पार्टीको नगर कमिटीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उर्लाबारी नगरपालिका – ३ मा अवस्थित मंगलबारे अस्पताललाई प्रदेश १ सरकारले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास एवम् स्तरोन्नति गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएकोमा उत्साहित बनाएको उल्लेख गरेको छ ।

मंगलबारे अस्पताललाई अत्याधुनिक उपकरणसहित ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने योजना सम्पन्न भएपछि उर्लाबारीको मात्र नभएर समग्र प्रदेश नम्बर १ कै स्वास्थ्य क्षेत्रमा ठुलो उपलब्धि हासिल हुने भन्दै राजनीतिक रंग फैलाएर जनतालाई भ्रममा नपार्न नेकपाले चेतावनी दिएको हो । सामाजिक सञ्जालमा भईरहेका भ्रमपुर्ण टिकाटिप्पणीका साथै नेपाली काँग्रेसको नेतृत्वमा गठन भएको समितिले राजनीतिक रंग दिएर फैलाईरहेको अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको नेकपाको बिज्ञप्तिमा उल्लेख छ ।

अस्पताललाई स्तरोन्नति गरी ट्रमा सेन्टरको रुपमा विकास गर्दा कुनै ठाउँ विशेषको पहिचान हराउने भन्दा पनि ठाउँको चिनारीले झनैँ व्यापकता पाउने नेकपा उर्लाबारीले दाबी गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३