प्रकाशित : २७ जेष्ठ २०७७, मंगलवार ०६:२५

विराटनगर,२७ जेठ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी’प्यासी’लाई सभामुख प्रदीपकुमार भण्डारीले आर्थिक वर्ष २०७७÷७८ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा हिजो धन्यवाद पत्र हस्तान्तरण गर्नु भएको छ ।

सभामुख भण्डारीले प्रदेश सभाको नियमावली २०७४ को नियम ३५ वमोजिम जेठ २३ गते शुक्रबार प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको हो ।

उहाँले पत्रमा यही जेठ २५ गते वसेको छैठो तथा बजेट अधिवेशनको आठौ वैठकमा धन्यवादको प्रस्ताव प्रस्तुत भई सदनवाट सर्वसम्मत रुपमा पारित भएको जानकारी गराउदै प्रदेश सभा तथा आफ्नोतर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३