प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार १९:१८


विराटनगर, २६ जेठ । विराटनगरबाट ३ हजार ९ सय बढीको आउजाउ भएको छ । जेठ १४ देखि आज सम्म ३ हजार ९ सय ७४ जनाको आउजाउ भएको मोरंग प्रहरीले जनाएको छ ।
जोगवनी आईसीपी क्याम्प हुँदै २ हजार २ सय ७० जना भारत गएका छन् । भारत जानेमा १ हजार ८ सय ३ पुरुष र ४ सय ६७ महिला रहेका छन् । जोगमनी नाका हुँदै १ हजार ७ सय ४ जना नेपाल प्रवेश गरेका छन् ।
नेपाल प्रवेश गर्नेमा १ हजार ४ सय ६० पुरुष र २ सय ४४ महिला रहेको जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।