प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार १९:११

विराटनगर, २६ जेठ । मोरंगमा १ हजार ३ सय बढी क्वारेन्टाईनमा रहेका छन् । आज साँझ सम्म १ हजार ३ सय ३ सय ६८ जना क्वारेन्टाईनमा रहेको मोरंग प्रहरीले जनाएको छ ।

क्वारेन्टाईनमा १ हजार २ सय २८ पुरुष र १ सय ४० महिला रहेका छन् । आज सम्म मोरंगमा १ हजार ८ सय ३१ ज्ना क्वारेन्टाईनमा बसेका छन् । क्वारेन्टाईनमा रहेका मध्ये ६ सय ९२ जना डिस्चार्ज भएका छन् ।

मोरंगमा १६ वटा स्थानीय तहले क्वारेन्टाईन तयार गरेका छन् । केराबारी गाउँपालिका बाहेक सवै स्थानीय तहल क्वारेन्टाईन तयार गरेका छन् । मोरंगका ७१ वटा स्थानमा क्वारेन्टाईन तयार गरिएको छ ।

मोरंगमा ९२ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा ६५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २७ जनाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३