प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार १९:०८

विराटनगर, २६ जेठ । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद १२ हजार बढीको स्वाव संकलन गरिएको छ । आज साँझ सम्म १२ हजार १ सय ४३ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आज ८ सय ८९ जनाको स्वाव संकलन गरिएको छ ।

प्रदेश १ मा २ सय ७७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । स्वाव संकलन गरिएका १० हजार ६ सय ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा १ हजार २ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी विधिबाट १३ हजार ५ सय १८ जनाको परीक्षण गरिएको छ । आरडिटी गरिएका १ सय ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आज १ सय ७९ जनाको आरडिटी परीक्षण गरिएको छ । प्रदेश १ मा १० हजार ८ सय ३७ क्वारेन्टाईन वेड तयार गरिएको छ ।

क्वारेन्टाईनमा ४ हजार १ सय ४१ जना, होल्डिङ एरियामा ७ सय ९४ र होमक्वारेन्टाईनमा ९ हजार ७ सय ८० जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) १ हजार २ सय ८७ थान वितरण गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३