प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार १९:०७

विराटनगर, २६ जेठ । प्रदेश नंं. १ मा जेठ २६ गते २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका २० सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको छ । जेठ २६ गते मोरङमा ९, झापाका १० र सुनसरीमा १ जनामा संक्रमण देखिएको हो ।

मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २/२ जना र धनपालथान गाउँपालिकामा एक महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा १, हल्दीबारी गाउँपालिकामा २, गौरीगञ्ज गाउँपालिकामा ७ जना र सुनसरीको कोशी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ का संक्रमितहरूको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३