प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार ०५:५०

 रामचन्द्र वाग्ले

                      रामचन्द्र वाग्ले

नेपालमा महासागर त छैन र हाम्रो भूभागले समुद्रसमेत एको पनि छैन । तर के हामी नेपाली र हाम्रो नेपालको समुद्रसँग केही सम्बन्ध छैन त ? होइन, अवश्य छ । समुद्रसँगको हाम्रो सम्बन्ध प्रत्येक गाँसमा छ र प्रत्येक श्वासमा छ ।

हामीले खाने नुन समुद्रकै पानीबाट बनाइएको हो, नुनबिनाको जीवन असंभवप्रायः छ । यहाँ हुने वर्षा समुद्रबाटै आउने बाफ अनि त्यसबाट बन्ने बादलले गराइदिने हो । सोही वर्षामा आधारित हाम्रो खेतीपाती र कृषि उत्पादन छन् । तिनीहरु पनि हाम्रा प्राण हुन् । समुद्र सतहको वायुमण्डलीय चापका आधारमा चल्ने हावाबाटै प्राण वायु हामी लिइरहेका छौँ ।

जीवनसँग मात्र होइन जोडिएको छैन कि हाम्रो देशभन्दा धेरै पर भएको महासागर जुन प्राकृतिक स्वरुप र स्रोत हो त्यसमा हाम्रो पनि हक अधिकार छ र व्यवसायसँग पनि जोडिएको छ । महासागर हाम्रो पनि हो न कि कुनै देशको पेवा ।

हामीले पनि महासागरमा पारवहन चलाउन सक्छौँ । समुद्रमा पानी जहाज चलाउने प्रयास नेपालले २०२८ सालतिरै गरेको थियो । तसर्थ नेपालमा विकास र समृद्धिको कुरा उठिरहँदा समुद्रको संरक्षण र सदुपयोगमा पनि ध्यान दिन आवश्यक छ ।
महासागर बहुउपयोगी तथा जीवनको आधार र विकासको स्वनिर्मित पूर्वाधार भएको कारणले यसबारे सचेतना जगाउने र यसको स्वच्छता कायम गर्ने हेतुले प्रत्येक वर्ष जून ८ तारिखका दिन विश्व महासागर दिवस मनाइन्छ । यसको प्रस्ताव र अवधारणा क्यानडा सरकारले सन् १९९२ सालमा ब्राजिलको रियो द जेनेरियो भन्ने ठाउँमा भएको संयुक्त राष्ट्रसंघको महासभामा ल्याएको थियो ।

संयुक्त राष्ट्रसंघको साधारण सभाले सन २००८ सालमा आधिकारिक रुपमा विश्व महासागर दिवस मनाउने निर्णय गर्यो । यो दिवस महासागरमा देखिएका समस्याहरुको सामाधान र महासागर सरक्षण गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यो दिवस भव्यताका साथ मनाइदै छ । उल्लिखित आधारका अनुसार नेपालले पनि यो दिवसलाई महत्व दिनुपर्ने दखिन्छ । यस वर्षको नारा– दीगो समुद्र विकासका लागि आविष्कार भन्ने रहेको छ । दीगो विकास लक्ष्यमा समुद्र,सामुद्रिक जीव र त्यहाँको वातावरण अनि विकासमा समुद्रको भूमिका आदि कुराहरु उल्लेख भएबाट यस वर्षको यस्तो नारा संयुक्त राष्ट्रसंघले तय गरेको हो ।

महासागर भनेको जलमण्डलको प्रमुख भाग हो । यो नुनिलो पानीको विशाल क्षेत्र हो । यसले पृथ्वीको करिब ७१ प्रतिशत भू भाग ओगटेको छ । यसको आधा (करिब ३५ प्रतिशत) भाग ती हजार मिटर गहिरो छ । विश्वभरिमा प्रमुख पाँच महासागर छन् ।

सबैभन्दा ठूलो प्रशान्त महासागर हो । यो विश्वको सबैभन्दा ठूलो मात्र होइन गहिरो महासागर पनि हो । यसको क्षेत्रफल छ करोड ३६ लाख ३४ हजार वर्ग माइल छ । यसको औेसत गहिराई लगभग १४ हजार फीट छ । यो त्रिभुज आकारको छ । यसको पश्चिमी किनारमा जापान, फिलिपिन्स आदिलगायत लगभग सात हजार वटा द्विपहरु छन् । विश्वका ठूलठूला नदीहरु यही महासागरमा आएर मिसिन्छन् ।
दोस्रो हो– आन्ध्र वा अटलान्टिक महासागर हो । यो विश्वको दोस्रो ठूलो महासागर हो । यसको क्षेत्रफल करिब चार करोड ११ लाख वर्गमाइल छ । यसले पृथ्वीको करिब २० प्रतिशत भू भाग ओगटेको छ । यसको आकार अंगे्रजी अक्षरको आठ(ड०वा एस(क० आकारको छ । यो पूर्वमा युरोप र अफ्रिकासम्म र पश्चिममा अमेरिकासम्म फैलिएको छ ।

तेस्रो हो : हिन्द महासागर । यो विश्वको तेस्रो विशाल महासागरमा पर्दछ । यसको क्षेत्रफल दुई करोड ७२ लाख ४० हजार वर्गमाइल छ । यो एशिया, अफ्रिका, आष्ट्रेलिया एवम अन्टार्कटिकाबीचको महासागर हो । यसमा पृथ्वीमा रहेको पानीको करिब २० प्रतिशत पानी रहेको छ ।
चौथो हो : उत्तरी ध्रुवीय महासागर वा आर्कटिक महासागर हो । यो पृथ्वीको उत्तरी गोलार्धमा अवस्थित छ । यो विश्वको सबैभन्दा सानो महासागर हो । यो लगभग पूर्णरुपमा युरेशिया र उत्तरी अमेरिकाबाट घेरिएको छ । यसलाई सबैेभन्दा चिसो महासागर पनि भनिन्छ किनभने यो प्रायः बरफले ढाकिएको हुन्छ । यसको क्षेत्रफल ५४ लाख २७ हजार वर्गमाइल मात्र छ ।

दक्षिण महासागर वा अन्टार्कटिक महासागर पाँचौ र अन्तिम महासागर हो । यो दोस्रो सबैभन्दा सानो महासागर हो । यसको क्षेत्रफल ७३ लाख वर्ग माइल छ । यो महासागर क्षेत्रमा उत्तरतिरबाट बग्ने चिसो पानी र अन्टार्कटिाका तिरबाट बग्ने तातो पानी मिसिएर रहेको छ/बहेको छ ।

महासागरको उत्पत्तिसम्बन्धी दुई सिद्धान्तहरु छन् । पहिलो सिद्धान्तअनुसार चार अर्ब पचास करोड वर्ष पहिले पृथ्वी सेलाइरहेको समयमा पानीको बाफ वायुमण्डलमा गइरहेको थियो । पछि वायुमण्डल सेलाउदै गयो र पानीका बाफहरु संक्षेपण (कन्डेनसेशन) क्रियाद्वारा बिस्तारै पानीका कणहरुमा परिणत भई पृथ्वीको सतहमा वर्षाको रुपमा झरे र महासागरको उत्पत्ति भयो । दोस्रो सिद्धान्तअनुसार विभिन्न पानीका स्रोतहरु मिसिएर महासागरको उत्पत्ति भयो ।

महासागर जैविक विविधताले भरिपूर्ण हुन्छ । यहाँ अति सूक्ष्म जीव जुप्लाङ्कटोनदेखि विशाल निलो ह्वेलसम्मका जीवहरु र वनस्पतिहरु पाइन्छन् । महासागर हाम्रो अस्तित्व हो । यो रहेमा मात्र हामी र अन्य जीवहरु बाच्न सक्छौ । यसले वातावरण सफा, सुन्दर र स्वच्छ राख्न निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले मानिस लगायत अन्य थुपै्र प्राणीहरुलाई चौतर्फीरुपमा टेवा पुर्याइरहेको हुन्छ । यसले मानिसहरुलाई जलमार्ग प्रदान गरी विभिन्न ठाउँमा आवतजावत गर्न मद्दत गर्छ । यसले मानिसहरुलाई आर्थिक आर्जन गर्न, मनोरन्जन गर्न, प्राकृतिक सुन्दरता बढाउन, सजीवहरुलाई बाच्न, जलचक्र चलाउन र जलप्रदूषण घटाउन मद्दत गर्छ ।

अहिले मानवीय क्रियाकलापले गर्दा महासागरको स्थिति चिन्ताजनक बनेको छ । प्लाष्टिक, वायुप्रदूषण, फोहोरमैला, जलीय जीवहरुको अत्यधिक उपयोग, अस्थिर माछापालन, वासस्थान विनाश, महासागरीय अम्लिकरण, कोरल ब्लिचिङ्, महासागरीय तापक्रम वृद्धि आदि कारणहरुले गर्दा महासागरहरुको प्राकृतिक अवस्था बिग्रँदो छ ।

यसको लागि सबैतिरबाट पहल हुन जरुरी छ । प्लाष्टिकको न्यूनतम प्रयोग, प्रदूषण नियन्त्रण, फोहोरमैलाको उचित व्यवस्थापन, जलीय जीवहरुको न्यूनतम उपयोग, दीर्घकालीन माछापालन, वासस्थानको संरक्षण, महासागरीय अम्लिकरणको न्यूनिकरण आदि कार्यहरु गरेर बढिरहेको महासागर विनाशको क्रमलाई घटाउन सकिन्छ ।
(लेखक एमएस्सी प्राणीशास्त्र विषयका शोधार्थी हुनुहुन्छ )

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३