प्रकाशित : २५ जेष्ठ २०७७, आईतवार १९:५९

विराटनगर, २५ जेठ । प्रदेश १ मा आज १० जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । मोरङको विराटनगर ३ की २२ बर्षीया महिला र रतुवामाई नगरपालिकाका १८ र १४ बर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीको इनरुवाका २ जना २३ र २६ बर्षीय पुरुष र उदयपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उदयपुरको बेलका नगरपालिकाका ३६ बर्षीय पुरुष र २७ बर्षीया महिला रहेका छन् भने चौदण्डीगढी नगरपालिकाका ३६ बर्षीय पुरुष रहेका छन् ।

झापाको अर्जुनधाराका २ जना २३ र २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । १० जना थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ५७ पुगेको छ । प्रदेश १ बाट ९० जना डिस्चार्ज भएका छन् ।

हिजो धरानबाट झापाका १२ जना पुरुष डिस्चार्ज भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ को झापामा १ सय ३७ जना, सुनसरीमा ४१, उदयपुरमा ३६, मोरंगमा २०, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, संखुवासभा र तेर्हथुममा २/२ र सोलुखुम्वुमा १ जना संक्रमित भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३