प्रकाशित : २५ जेष्ठ २०७७, आईतवार १९:११

विराटनगर २५ जेठ । यातायात कार्यालय कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नेपालविरुद्ध एक करोड आठ लाख २९ हजार ६९ रुपैयाँ बिगो कायम गरेको छ । तत्कालीन कार्यालय प्रमुख तीर्थराज लम्सालविरुद्ध तीन करोड ३० लाख ७९ हजार ३७३ रुपैयाँ बिगो कायम गरेको छ । तत्कालीन कार्यालय प्रमुख गोपाल थपलियाविरुद्ध अख्तियारले एक करोड ३० लाख ७२ हजार १५३ रुपैयाँ बिगो कायम गरेको छ । अर्का तत्कालीन कार्यालय प्रमुख भूपेन्द्र राईसँग ५६ लाख १२ हजार ५४७ रुपैयाँ बिगो अख्तियारले कायम गरेको छ ।

अभियोगपत्र अनुसार तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारीसँग एक करोड २५ लाख ४८ हजार ६ रुपैयाँ , तत्कालीन लेखापाल सुरेश अधिकारीलाई तीन करोड ७२ लाख ४४ हजार ७ सय ५५, तत्कालीन लेखापाल रुद्रप्रसाद दाहालसँग तीन करोड ४८ लाख ९३ हजार २१६, तत्कालीन लेखापाल अर्जुन भट्टराईसँग दुई करोड १७ लाख ३२ हजार ४७३ रुपैयाँ र तत्कालीन लेखापाल कृष्णप्रसाद कट्टेलसँग ७३ लाख ६२ हजार ५४५ रुपैयाँ बिगो कायम गरिएको छ ।

कम्प्युटर अपरेटर सुजन राई २२ लाख ४४ हजार ३३६, कम्प्युटर अपरेटरहरु राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेलसँग जनही पाँच करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ बिगो माग गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३