प्रकाशित : २५ जेष्ठ २०७७, आईतवार ०८:०२


विराटनगर, २५ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ७३ पुगेको छ । गण्डकी प्रदेशमा आज बिहान थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् ।
स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १ सय १३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । नयाँ संक्रमितहरु स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिकामा एक जना छन् ।
यस्तै बाग्लुङको बडिगाड गाउँपालिकामा ९ जना र ढोरपाटन नगरपालिकामा १ जना छन् । गोरखाको गण्डकी नगरपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पूर्वी नवलपरासीका चार जना संक्रमित हुप्सेकोट गाउँपालिकाका हुन् ।