प्रकाशित : २५ जेष्ठ २०७७, आईतवार ०७:३५

विराटनगर, २५ जेठ । भारतमा एकैदिन १० हजार बढी संक्रमित थपिएका छन् । १० हजार ४ सय बढी संक्रमित थपिएसँगै भारतमा संक्रमित संख्या २ लाख ४६ हजार २ सय २२ पुगेको छ । ६ हजार ९ सय ४६ जनाको मृत्यु भएको छ ।

विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । आज विहान सम्म ४ लाख १ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । २४ घण्टामा ४ हजार १ सय ६१ जनाको मृत्यु भएको छ । ६९ लाख ६६ हजार संक्रमित मध्ये ३४ लाख ४ हजार बढि उपचारपछि निको भएका छन् । विश्वभर १ लाख २६ हजार ९१ नयाँ संक्रमित थपिएका छन् ।

५३ हजार ५ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १२ ९६ पुगेको छ । संक्रमितको संख्या १९ लाख ८८ हजार नाघेको छ । ब्राजिलमा ६ लाख ७३ हजार बढी संक्रमित हुँदा ३५ हजार ९ सय ५७ जनाको ज्यान गएको छ ।

रसियामा ४ लाख ५८ हजार ६ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ५ हजार ७ सय २५ पुगेको छ । यस्तै स्पेनमा २ लाख ८८ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३५ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख ८४ हजार ८ सय संक्रमित भएका छन् ।

संक्रमित मध्ये ४० हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३४ हजार ८ सय बढी संक्रमित भएका छन् । इटालीमा ३३ हजार ८ सय बढीको मृत्यु भएको छ ।

पेरुमा १ लाख ९१ हजार ७ सय बढी संक्रमित हुँदा ५ हजार ३ सय १ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८५ हजार ६ सय बढी संक्रमित मध्ये ८ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३