प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार १९:१३

विराटनगर, २४ जेठ । मोरंगको बेलबारी ५ कसेनीका बासीन्दाले क्रसर बन्द गर्न माग गरेका छन् । नियम विपरित सञ्चालित क्रसर अविलम्व गर्न उनीहरुको माग छ ।

कसेनी टोलमा रहेका जलजला क्रसर उद्योग प्रालि गाउँ टोल देखि ७० मिटर भित्र रहेकाले बन्द गर्न माग गरिएको वेलबारी ५ कसेनीको सृजनशिल व्यवसायिक कृषक समूहका अध्यक्ष भरतबहादुर वस्नेतले जानकारी दिनुभयो । क्रसर उद्योगका कारण उर्वर कृषि क्षेत्र निकट भविष्यमा मरुभूमीमा परिणत हुने देखिएको उहाँले बताउनुभयो ।

क्रसरका कारण ट्युवेलको पानी सुक्न थालेको, खेतहरु सुकौरो हुन थालेका, गाउँमा ध्वनी प्रदुषणको असर देखिन थालेको अध्यक्ष वस्नेतले बताउनुभयो ।

कृषक समूहका ६० जनाले वेलबारी नगरपालिकाको ५ नं. वडा कार्यालयलाई क्रसर बन्द गराउन माग गर्दै जेठ १८ गते निवेदन दिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३