प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार १८:४९


विराटनगर, २४ जेठ । प्रदेश १ मा कोरोना भाईरस संक्रमितको संख्या २ सय ५१ पुगेको छ । आज मोरङमा ६ जना र सुनसरीमा ५ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को झापामा १ सय ३५, सुनसरीमा ३९, उदयपुरमा ३३, मोरंगमा २१, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, संखुवासभा र तेर्हथुममा २/२ र सोलुखुम्वुमा १ जनमा संक्रमण देखिएको छ ।
प्रदेश १ बाट ७८ जना डिस्चार्ज भएका छन् ।