प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार १३:२२

विराटनगर, २४ जेठ । विराटनगर ३ मा निर्माण गरिने शिद्धेश्वर सेवा समाज (मन्दिर) को शिलान्यास गरिएको छ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज शिलान्यास गर्नु भएको हो ।

प्रदेश निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजित रकमबाट मन्दिर निर्माण गर्न लागिएको हो । कोषबाट मन्दिरलाई १० लाख विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्र विकास कोषबाट विराटनगर १ को विष्णुमाया पुस्तकालय सामुदायिक भवन निर्माणका लागि सहयोग गरिएको छ । सामुदायिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

कोषबाट सामुदायिक भवनका लागि १५ लाख विनियोजन गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३