प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार ०९:२२


विराटनगर, २४ जेठ । मोरङको केराबारी १० एक एक महिलालाई श्रीमानले मरणासन्न हुनेगरि कुटपीट गरेका छन् । कुटपीटबाट बेहोस भएकी २३ वर्षीया विन्दा विकको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भईरहेको छ ।
केराबारी गाउँपालिकाकी दलित महिला सदस्य धनमायाँ विककी बुहारी माथि दैनिक कुटपीट हुने गरेको स्थानीयबासीले बताएका छन् । धनमायाँका छोरा करिव २७ वर्षीय सपन लकान्द्रीले २३ बर्षीया बुहारी विन्दालाई दैनिक कुटपीट गरेपनि सासुले मिलाउन नसकेको स्थानीयबासीको भनाई छ ।
श्रीमानबाट पटक पटक यातना पाएपछि यसअघि प्रहरी कार्यालयमा छलफल भएर मिलापत्र गरिएको थियो । प्रहरीमा मिलापत्र भएपछि पनि श्रीमानले कुटपीट गर्न छाडेनन् ।
हिजोपनि सपनले विन्दालाई मरणासन्न हुनेगरि कुटपीट गरेपछि उनलाई विराटनगरको नोवेल मेडिकल कलेजमा भर्ना गरिएको हो । कुटपीटबाट अचेत अवस्थामा रहेकी उनलाई माईती पक्षले अस्पताल लगेको स्थानीय सञ्चारकर्मी किशन शाहीले बताउनुभयो ।
कुटपीट पछि विन्दाका श्रीमान फरार छन ।