प्रकाशित : २२ जेष्ठ २०७७, बिहीबार १८:५९

विराटनगर, २२ जेठ । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा १० जिल्लामा संक्रमितको संख्या २ सय १ पुगेको छ ।

आज झापाको भद्रपुर नगरपालिकामा ३, कचनकवलमा २, मोरङको सुन्दरहरैचामा १, सुनसरीको भोक्राहामा २, गढीमा २, बराहक्षेत्रमा ३ जना, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ३ जनामा संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ को झापामा १ सय २४, उदयपुरमा ३३, सुनसरीमा १८, मोरङमा ८, धनकुटामा ८, खोटाङमा ४, संखुवासभा र तेर्हथुममा २/२ र भोजपुर र सोलुखुम्वुमा १/१ जना रहेका छन् ।

प्रदेश १ मा आज सम्म १० हजार ५७ जनाको स्वाब संकलन गरिएको छ । स्वाव संकलन गरिएका १ हजार ७ सय ६२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी विधिबाट १२ हजार ९ सय ५० जनाको परीक्षण गरिएको छ । प्रदेश १ मा १० हजार २ सय ७५ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ ।

क्वारेन्टाईनमा ३ हजार ७ सय ९०, होल्डिङ एरियामा ९ सय ४९ र होमक्वारेन्टाईनमा ९ हजार ४ सय ७६ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३