प्रकाशित : २२ जेष्ठ २०७७, बिहीबार १७:५०

विराटनगर, २२ जेठ । प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको छ ।

गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उदयपुरमा संक्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के संक्रमणको अन्त्य भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । भुल्केमा वैशाख २८ गते यता कुनै संक्रमण नदेखिएको पनि उहाँले बताउनुभयो ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २७ जनालाई डिस्चार्ज गर्दै मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो । उहाँले जिल्ला अस्पताल धनकुटामा देखिएको संक्रमणको पनि अन्त्य भएको बताउनुभयो । अस्पतालका ४ जना आज डिस्चार्ज भएसँगै अस्पतालभित्रको संक्रमण पनि अन्त्य भएको मन्त्री घिमिरेले बताउनुभयो ।

धनकुटा जिल्ला अस्पताल भित्रको संक्रमणको अध्ययन भईरहेको उहाँले बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो,‘ अस्पताल भित्र कसरी संक्रमण भयो भनेर अध्ययन भईरहेको छ ।’ उहाँले उदयपुर र धनकुटा बाहेकका ट्राभल डिस्ट्री विदेशबाट भएको मन्त्री घिमिरेको भनाई छ ।

गोठगाउँमा कोरोना अस्पताल शुरु
मोरंग सुन्दरहरैचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा आज देखि कोरोना अस्पताल सञ्चालनमा ल्याईएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले आजदेखि २ सय वेडको कोरोना अस्पताल सञ्चालनमा ल्याईएको उहाँले बताउनुभयो ।
आजदेखि संक्रमण देखिएकाहरुलाई गोठगाउँमा उपचार गर्नेगरि अस्पताल शुरु गरिएको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

गोठगाउँपछि मेची अस्पतालमा कोरोना उपचार केन्द्र सञ्चालनको तयारी भईरहेको उहाँले बताउनुभयो । मन्त्री घिमिरेले प्रदेश १ मा संक्रमितका लागि अस्पतालमै राखेर उपचार गर्नेगरि तयारी भईरहेको बताउनुभयो ।

कोरोनाको प्रकोप अझै बढ्ने देखिएसँगै विभिन्न स्थानमा उपचार केन्द्र निर्माणको काम भईरहेको मन्त्री घिमिरेले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३