प्रकाशित : २२ जेष्ठ २०७७, बिहीबार १७:१२

विराटनगर, २२ जेठ । प्रदेश १ बाट आज ३० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जना आज डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँका अनुसार आजसम्म डिस्चार्ज हुनेको संख्या ७८ पुगेको छ ।

विराटनगरबाट आज डिस्चार्ज हुनेमा २३ जना पुरुष र ४ जना महिला रहेका छन् । आज डिस्चार्ज हुनेहरु वैशाख ५ गते देखि जेठ ९ गते सम्म भर्ना भएकाहरु रहेका छन् । गत वैशाख ५ गते अस्पताल भर्ना भएका विराटनगर १७ का ५७ वर्षीय कासिम मिया रहनु भएको छ । उहाँलाई उदयपुरको भुल्केमा संक्रमण भएको थियो । जेठ ९ गते भर्ना भएर डिस्चार्ज हुनेमा मोरङ रतुवामाईका ३६ वर्षीय जफार मिया रहनु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर वस्नेतले बताउनुभयो ।

आज डिस्चार्ज हुनेहरुमा सप्तरीका रामदुल्ला मिया, रवनकुमार साह, उदयपुरका मोहम्वत सविर अलि, कविरा खातुन, राकेश नेपाली, विराटनगरका आनन्दकुमार मेहत्तर, रिंकु सहनी, धनकुटाकी शिला लिम्वु, गणेश बुढाथोकी, बादल गनगाई, मोरंग रतुवामाईका मम्ताज आलम, झापा कचनकवलका मुसाफिक आलम, तयव आलम, नुर आलम, सहवाज मियाँ, सनवाज मियाँ, फिरदोज आलम, इम्तियाज आलम, सुनसरीका गोविन्द चौधरी, विमल रेग्मी, अरविन्द श्रेष्ठ, निहाङ राई, मोरंग पथरीशनिश्चरेका रमेश कार्की, खोटाङका दिपेन्द्र राई, संखुवासभाका निशा थापामगर रहेका छन् ।

आज डिस्चार्ज भएका सवैलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डा.संगीता मिश्रा, कोभिड अस्पताल संयोजक ज्ञानबहादुर वस्नेत लगायतले विदाई गर्नुभएको थियो । डिस्चार्ज भएका सवैलाई संवन्धित जिल्ला पठाईएको छ । प्रदेश १ मा आज सम्म कोरोना संक्रमितको संख्या २ सय १ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३