प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार १९:३३

विराटनगर, २१ जेठ । मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण गरिने भएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत १५ लाख रुपैयाँ र जीवन विकास संस्थासँगको सहकार्यमा घर निर्माण गर्न लागिएको हो । कटहरी २ को कदमगाछीमा निर्माण गरिने घरको आज सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत उपाध्यक्ष मञ्जिता सरदार लगायतको उपस्थिति रहेको थियो । घर निर्माणको शिलान्यास गर्दै मन्त्री घिमिरेले घर निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

चालु आर्थिक वर्षबाट शुरु भएको कामले निरन्तरता पाउनुपर्ने उहाँले बताउनुभयो । १५ वटा घर चालु आर्थिक वर्षभित्रमा सकिने लक्ष्य राखिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३