प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार १९:१३


विराटनगर, २१ जेठ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज मोरङको धनपालथान गाउँपालिकामा लकडाउनका कारण शिक्षा, स्वास्थ्य र खाध्य अधिकारमा परेको प्रभावका विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरुले गाउँपालिकाले सम्पूर्ण ध्यान कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित गरेको बताउका छन् । वडानम्वर २ का वडाध्यक्ष नारायण साहले अहिले क्वारेन्टाईनको व्यवस्थापनमा लागेको बताउनुभयो । वडानम्वर ४ का वडाध्यक्ष रोशन राजवंशीले प्रदेश सरकारबाट आवस्यक आरडिटी किट उपलब्ध हुन नसक्दा क्वारेन्टाईनमा रहेकाहरुको परीक्षण गर्न नपाएको बताउनुभयो । उहाँले क्वारेन्टाईनमा रहेकाहरुको परीक्षण नगर्दा उनीहरुको वसाई लम्विदै गएको बताउनुभयो । वडा नम्वर ६ का वडाध्यक्ष मोहम्वत हुसेनले कोरोनाको प्रभावका कारण गाउँपालिकाकाले नियमित कार्यक्रम गर्न नसकेको बताउनुभयो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले सवै वडामा क्वारेन्टाईन तयार गरिएको बताउनुभयो । उहाँले ७० जना अहिले क्वारेन्टाईनमा रहेको बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख सेठका अनुसार धनपालमा खोपसेवा नियमित रहेको छ ।
शिक्षा शाखा प्रमुख सीता भट्टराईले कोरोना भाईरसका कारण विद्यालय सञ्चालन चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई घर घरमा पुगेर पाठ्यपुस्तक वितरण गर्ने योजना रहेको बताउनुभयो । कृषि शाखा प्रमुख ओमप्रकाश सिंहले लकडाउनका कारण कृषिका नियमित कार्यक्रमहरु प्रभावित बन्न पुगेको बताउनुभयो । उहाँले किसानका लागि मल, विउ उपलब्ध गराईदै आएको बताउनुभयो । उहाँले लकडाउनले गर्दा सवै किसान समक्ष कृषि सुविधा पुग्न नसकेको बताउनुभयो ।
इन्सेक प्रदेश १ कार्यक्रम अधिकृत बागमता कट्टेलले निरन्तरको लकडाउनका शिक्षा, स्वास्थ्य र खाध्यअधिकारमा परेको प्रभावका बारेमा जनप्रतिनिधि, शाखा प्रमुखहरुसँग छलफल गरिएको बताउनुभयो । कार्यक्रम मानवअधिकार निगरानी समितिका धनपालका अध्यक्ष कृष्ण राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।