प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार १७:२२

विराटनगर, २१ जेठ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ८५ पुगेको छ । आज प्रदेश १ का ५ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङको रंगेली नगरपालिकामा २ जना पुरुष, झापामा एक जना पुरुष, सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा ७ जना पुरुष, धनकुटाको शहीदभूमि गाउपालिकामा एक जना पुरुष र तेह्रथुमको आठराईमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर र धरानको प्रयोगशालामा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश १ को झापामा १ सय १९, उदयपुरमा ३३, धनकुटामा ८, मोरंगमा ८, सुनसरीमा १०, संखुवासभामा २, तेर्हथुममा २, खोटाङ, भोजपुर र सोलुखुम्वुमा १/१ जना संक्रमित भएका छन् । प्रदेश १ मा संक्रमित मध्ये ४८ जना डिस्चार्ज भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३