प्रकाशित : २० जेष्ठ २०७७, मंगलवार १९:४४

विराटनगर, २० जेठ । गाउँपालिका राष्ट्रिय महासंघ र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा बालबालिकाको संरक्षण र सहभागिता विषयक अनलाईन संवाद भएको छ ।

जेठ १४, १६ र १९ गते गरी विभिन्न तीन चरणमा अनलाईन संवाद सम्पन्न भएको हो । प्रदेश १, २, ३, ४ र ७ गरि जम्मा २८ स्थानिय सरकारका प्रतिनिधी सहभागी भएको सो कार्यक्रमा पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकिय प्रमुखकोे सहभागिता रहेको थियो । बालश्रम, बालविवाह, लागुऔषध दुव्र्यसनी र बेचबिखनको जोखिम बढ्न सक्ने भन्दै समयमै यसतर्फ सबैले जोड दिए  ।

स्थानिय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिका लक्षित कार्यक्रम र बालसहभागिता आवश्यक रहेको कुरामा छलफल भएको छ । छलफलमा गाउँ तथा नगरपालिकाका प्रमुखहरुले कार्यक्रम समय सापेक्ष र उचित समयमा आयोजना भएको र बजेट बिनियोजन एवं योजना तर्जुमाको चरणमा रहेको बेला बालबालिका केन्द्रित छलफल हुनुले बालबालिकाको संरक्षण तथा अधिकार सुनिश्चित गर्न स्थानिय तहलाई थप संवेदनशिल बन्न झक्झकाएको बताएका छन् ।

लकडाउनको कारण बालबालिकामा देखिएका समस्याहरुलाई समाधान गर्न स्थानियतह लागि परेको र सहभागीहरुले आफ्नो गाउँपालिकामा आगामि योजना तथा बजेट बालबालिका केन्द्रित हुने कुराको प्रतिबद्धता पनि उनीहरुले जनाउका छन् । लकडाउनका समयमा बालबालिकामा हुनसक्ने मानसिक तथा शारिरिक दुव्र्यवहार र त्यसले बालबालिकामा पर्ने असरको बारेमा पनि छलफल गरिएको थियो ।

सडक बालबालिका, स्याहारकर्ता बिना हुर्किरहेका बालबालिका, बाल गृहमा रहेका बालबालिकाहरुमा बन्दाबन्दीले परेको असर र चुनौतिका बारेमा आफ्नो धारणा राख्दै वल्र्ड भिजनका बाल संरक्षण व्यवस्थापक दिलिप गिरीले स्थानिय तहबाटै बाल संरक्षण तथा न्यायिक पद्दतिलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

वल्र्ड भिजनले प्रदेश २ र ५ का ६ जिल्लामा हालै ७ सय ६१ सहभागीसँग गरेको एक मूल्यांकन (र्यापिड एसेसमेन्ट) अनुसार बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहार आठ प्रतिशतले बृद्धि भएको छ भने ६० प्रतिशत परिवारले आफ्ना पाँच वर्ष मुनिका बालबालिकाको दैनिक आहार जुटाउन समस्या भएको बताएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३