प्रकाशित : २० जेष्ठ २०७७, मंगलवार १९:१३

विराटनगर, २० जेठ । प्रदेश १ का २१ वटा स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । वैशाख ५ गतेदेखि जेठ २० गते सम्मको अवधिमा ९ जिल्लाका २१ वटा स्थानीय तहमा १ सय ७२ जना संक्रमित भएका छन् ।

प्रदेश १ मा झापामा सवैभन्दा बढी ८ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । झापाका ८ वटा स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । कचनकवल, गौरादह, गौरीगञ्ज, बार्हदशी, भद्रपुर, दमक, बुद्धशान्ति र झापा गाउँपालिकामा संक्रमण देखिएको छ । झापामा मात्र संक्रमितको संख्या १ सय १८ पुगेको छ ।

संक्रमित मध्ये कचनकवलका १ सय, गौरादहका २, गौरीगञ्जका ४, बार्हदशीका ४, भद्रपुरका १, दमकका १, बुद्धशान्तिका ५ र झापा गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । झापामा संक्रमित मध्ये १९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १७ जना कचनकवलका, १/१ जना दमक र बार्हदशीका रहेका छन् । झापाका ९९ जनाको अहिले धरान र विराटनगरमा उपचार भईरहेको छ । उदयपुरको त्रियुगा ३ भुल्केका ३२ र गाईघाटका १ जनामा संक्रमण देखिएको छ ।

उदयपुरमा संक्रमण देखिएका २७ जना डिस्चार्ज भएका छन् । ६ जनाको कोशी कोभिड अस्पतालमा उपचार भईरहेको छ । धनकुटाको धनकुटा नगरपालिका र चौविसे, मोरंगको विराटनगर, रतुवामाई र पथरीशनिश्चरे, सुनसरीको धरान र इटहरी, खोटाङको हलेसी, भोजपुरको हतुवागढी, सोलुखुम्वुको दुधकुण्ड र संखुवासभाको खाँदबारीमा संक्रमण देखिएको छ ।

प्रदेश १ को झापामा १ सय १८, उदयपुरमा ३३, धनकुटामा ७, मोरंगमा ६, सुनसरीमा ३, संखुवासभामा २, खोटाङ, भोजपुर र सोलुखुम्वुमा १/१ जना संक्रमित भएका छन् ।

प्रदेश १ मा संक्रमित मध्ये ४८ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज सम्म ८ हजार ९ सय ८३ जनाको स्वाव संकलन गरिएको छ । आरडिटी विधिबाट १२ हजार ६ सय ४२ जनाको परीक्षण गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३