प्रकाशित : २० जेष्ठ २०७७, मंगलवार ०६:२८


विराटनगर २० जेठ । प्रदेश १ बाट सोमबार साँझ १८ जना डिस्चार्ज भएका छन् । सुनसरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ उपचार केन्द्रमा उपचाररत १८ जना डिस्चार्ज भएका हुन ।
डिस्चार्ज हुनेमा धरान १३ की एक महिला र झापाका १७ जना पुरुष रहेका छन् । दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट साँझ डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ । उनीहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह लगायतले विदाई गर्नुभएको थियो ।
निको भएर घर फर्किएकाहरुमध्ये कचनकवल गाउँपालिकाका अयुब मियाँले अस्पतालमा धेरै राम्रो व्यवस्था गरेको प्रतिक्रिया दिनुभयो ।
प्रतिष्ठानको आइसोलेसनमा अहिले ८० जना संक्रमितहरु उपचाररत रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ६७ पुगेको छ ।
संक्रमित भएकाहरु मध्ये उपचारपछि ४८ जना डिस्चार्ज भएका छन् ।