प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार १९:१२

विराटनगर, १९ जेठ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ६७ पुगेको छ । आज झापाको बार्हदशीका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बार्हदशीमा मात्र संक्रमितको संख्या ४ पुगेको छ । यसअघि सो गाउँपालिकाका १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद ८ हजार २ सय ३३ जनाको स्वाव संकलन गरिएको छ । आज ५ सय ७७ जनाको स्वाव लिइएको छ । प्रदेश १ मा स्वाव संकलन गरिएका मध्ये १ हजार २ सय २५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश १ मा १२ हजार ४ सय ५१ जनाको आरडिटी गरिएको छ । आरडिटी गरिएका ९६ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ९ हजार ८ सय ६ क्वारेन्टाईन वेड तयार गरिएको छ । क्वारेन्टाईनमा ३ हजार ३ सय ४८, होल्डिङ एरियामा ८ सय ७६ र होमक्वारेन्टाईनमा ९ हजार १ सय १७ जना बसेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३