प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार १९:०७

विराटनगर, १९ जेठ । सशस्त्र प्रहरी वल सुरक्षा बेश बाहुनी भवनको आज उद्घाटन गरिएको छ । समुदायबाट २ करोड ६० लाखमा निर्मित भवनको आज बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

२०६३ चैत २९ गते स्थापना भएको सुरक्षा बेश भवन अभावमामा सुनसरी मोरंग सिंचाई आयोजनाको पुरानो तथा जिर्ण भवनबाट कार्यसम्पादन गर्दै आईरहेको थियो ।

२०६९ फागुन ४ गते स्थानीय तारावीर कटुवालको अध्यक्षतामा सप्ताह महापुराण लगाई सुरक्षा बेश बाहुनीको नाममा १ करोड १६ लाख मुल्य बराबरको ११ कठ्ठा १२ धुर जमिन खरिद गरि स्थायी संरचना निर्माणको काम शुरु गरिएको थियो ।

सो भवन निर्माणको लागि पूर्व श्रमराज्यमन्त्री दिलिप गच्छदारले संसद बिकास कोषबाट २० लाख, प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा बातावरण राज्यमन्त्री बिजय बिश्वासले संसद बिकास कोषबाट १० लाख, बेलबारी नगरपालिकाले ३६ लाख, ग्रामथान गाँउपालिकाले ५ लाख, कानेपोखरी गाँउपालिकाले ५ लाख ५० हजार, बुद्ध एयर प्रालिले १० लाख, ब्यवसायी कमल गोयल र जय तामाङ्गबाट२८ लाख, ब्यवसायी धनराज गजमेर र बालकुमारी गजमेरबाट २ लाख ५० हजार र स्थानिय जनसहयोगबाट २१ लाख गरि २ करोड ६० लाख बराबरको ब्यारेक भवन, बेशपति निवास, पाहुनाघर, शौचालय, प्रवेशद्धार, गोलघर, घेराबार, पुल, सेन्ट्रि पोष्ट, गाडि ग्यारेज, ब्याडमिन्टन कोर्ट तथा सडक निर्माण गरिएको छ ।

भवन उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले अहोरात्र जनताको सेवा तथा सुरक्षामा खटिने फौजहरुको लागि एउटा ब्यवस्थित आधुनिक ब्यारेकको निर्माण भएको र नागरिक तथा सशस्त्र प्रहरी बल नेपाल बिचको यस प्रकारको सहकार्यबाट नै शान्ति सुरक्षा र अमन चयन कायम गर्ने उदेश्य पुरा गर्न सकिने बिश्वास ब्यक्त गर्नु भयो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले नागरिक र फौज बिचको सम्बन्धको महत्व भवन निर्माण कार्यबाट प्रष्ट भएको बताउनु भयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वाटर कंकालिनी मोरङ्गका गणपति सशस्त्र प्रहरी उपरिक्षक नेत्रबहादुर कार्कीले जिल्लामा शान्ति सुरक्षाको ब्यवस्थापनमा पुर्याईएको समन्वयकारी भुमिकाको प्रशंसा गर्नुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३