प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार १७:२०

विराटनगर, जेठ १९ । प्रदेश १ सरकारलाई नेपाल कुष्ठरोग संगती र आईपास नेपालले ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कुष्ठरोग संगतीका प्रदेश १ संयोजक एन्ड्रयु सिथलिङले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ३ लाख ५० हजारको आईसियु प्यासेन्ट मोनिटर हस्तान्तरण गर्नुभएको छ ।

यस्तै आईपास नेपालले १ लाख ९१ हजारको विभिन्न स्वास्थ्य सामाग्रीहरु सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको छ । मास्क, ग्लोब्स, गाउन लगायतका सामाग्रीहरु आईपास नेपालका प्रदेश संयोजक केदार भण्डारीले मन्त्री घिमिरेलाई हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोनाको कहिले सम्म रहने भन्ने नभएकाले सहयोगी संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु आगामी दिनमा पनि सहयोग गर्नका लागि आग्रह गर्नुभयो । स्वास्थ्य सामाग्री उपलब्ध गराउने संस्थाहरुलाई उहाँले धन्यवाद दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३