प्रकाशित : १८ जेष्ठ २०७७, आईतवार १९:०५

विराटनगर, १८ जेठ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ६५ पुगेको छ । ११ महिला र १ सय ५४ पुरुषमा संक्रमण देखिएको छ । आज विराटनगरमा १ र झापाको गौरादहमा ४ जनामा संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा विराटनगर १२ की ४५ वर्षीया महिला र झापाको गौरादहका २३ देखि ३९ वर्षका ४ जना पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको जनाइएको छ । प्रदेश १ को ९ जिल्लामा कोरोना संक्रमण देखिएको छ । झापामा १ सय ११, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ६, सुनसरीमा ३, भोजपुर, खोटाङ र सोलुखुम्वुमा १/१ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना शंकास्पद ७ हजार ६ सय ५६ जनाको स्वाव संकलन गरिएको छ ।

स्वाव संकलन गरिएका मध्ये १ सय ६५ को पोजेटिभ र ६ हजार ५ सय ३९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्ये ९ सय ५२ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आज ७ सय २० जनाको स्वाव संकलन गरिएको छ ।

प्रदेश १ मा आरडिटी विधिबाट १२ हजार ३ सय ४६ जनाको परीक्षण गरिएको छ । आरडिटी गरिएका ९४ जनाको रिपोर्ट पोजेटिभ र १२ हजार २ सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा ९ हजार ३ सय ४३ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । आज ३ सय ११ वेड थप गरिएको छ ।

क्वारेन्टाईनमा ३ हजार १ सय ३७, होल्डिङ एरियामा ८ सय ५२ र होमक्वारेन्टाईनमा ९ हजार ८२ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३