प्रकाशित : १७ जेष्ठ २०७७, शनिबार २०:५१

विराटनगर, १७ जेठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरंगको निर्वाचन क्षेत्र ४ (ख) अन्र्तगत निर्माणाधिन योजनाहरुको अनुगमन गर्नु भएको छ ।

निर्वाचन क्षेत्र विकास कोष मार्फत कटहरीमा निर्माण भईरहेका योजनाहरुको मन्त्री घिमिरेले अनुगमन गर्नु भएको हो । कटहरी १ महेशपुरमा निर्माण भईरहेको लक्ष्मी सामुदायिक भवन र लक्ष्मी मन्दिर, कटहरी २ को किसान मार्ग सडक, कटहरी ३ जिरातटोलको लक्ष्मी मन्दिर, कटहरी सामुदायिक भवन र शैलेश मन्दिरको मन्त्री घिमिरेले अनुगमन गर्नुभएको हो । कटहरी सामुदायिक भवन ५० लाख र अन्य योजनाहरु १०/१० लाखका रहेका छन् ।

कटहरी सामुदायिक भवन ५ कठ्ठा जमिनमा १ हजार व्यक्ति अट्ने क्षमताको रहेको छ । निर्वाचन क्षेत्र विकास कोष मार्फत विनियोजित वजेटमा योजनाहरु निर्माण भईरहेको मन्त्री घिमिरेले बताउनुभयो । मन्त्री घिमिरेले योजनाहरु निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले योजनाहरुको अनुगमनका साथै लकडाउनका कारण प्रभावित भएका स्थानीयहरुहरुको पनि समस्याबारे जानकारी लिनु भएको छ ।

निर्माणाधिन योजनाहरुको मन्त्री घिमिरेसँगै नेकपा प्रदेश कमिटी सदस्य मृत्युन्जय झा लगायतका नेताहरुले पनि अनुगमन गर्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३