प्रकाशित : १७ जेष्ठ २०७७, शनिबार १८:५९


विराटनगर, १७ जेठ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ६१ पुगेको छ । आज संखुवासभामा दुई र झापाको कचनकवलका १ गरि ३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संखुवासभाको खाँदबारीका २३ वर्षीय पुरुष र पाँचखपनका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
प्रदेश १ मा ९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । झापामा १ सय ८, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, सङखुवासभामा २, भोजपुर, खोटाङ र सोलुखुम्वुमा १/१ जनामा संक्रमण देखिएको छ ।
संक्रमित मध्ये ३० जना डिस्चार्ज भएका छन् ।