प्रकाशित : १७ जेष्ठ २०७७, शनिबार ०९:४४


विराटनगर १७ जेठ । विपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले झापा कचनकवलका २७ जना काेराेना संक्रमितलाई भर्ना नलिएपछि अस्पताल बाहिरै भएका छन् ।
जेठ १६ गते काेराेना संक्रमण देखिएपछि प्रदेश सरकारकाे समन्वयमा धरान लगिएपनि अस्पतालले वेड नभएकाे भन्दै भर्ना नलिएकाे एक संक्रमितले बताए ।
संक्रमित अस्पताल बाहिरै भएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरे अाज विहान धरान जानू भएकाे छ । मन्त्री घिमिरेले विपीमा १ सय ५० वेड क्षमता उपकुलपति डा.ज्ञानेन्द्र गिरीले तयार गरेकाे वताए अनुसार संक्रमित पठाएको वताउनुभयाे ।
प्रदेश १ मा १ सय ५८ संक्रमित मध्ये ३० जना डिस्चार्ज भएका छन् । काेशी काेभिड अस्पतालमा ३४ जना उपचारत छन् ।
विपीमा अहिले ६७ जना उपचाररत छन् ।