प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार १९:०७

विराटनगर १६ जेठ । रुकुम घटनाको विरोध गर्दै विभिन्न संघसंस्था र दलित जनवर्गीय संघ संगठनहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विभिन्न संघसंस्था र दलित जनवर्गीय संघ संगठनहरुले आज जिल्ला प्रशासन कार्यालय मोरङको प्रवेशद्वारमा रुकुम घटनाको विषयलाई लिएर धर्ना दिएका हुन् ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाका लागि राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्मा, नेपाल दलित संघका प्रतिनिधि सिताराम विश्वकर्मा, दलित मुक्ति संगठनका अध्यक्ष जितनारायण सरदार र रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माको नेतृत्वमा धर्ना दिइएको थियो । एक घण्टाको धर्नापछि मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापन–पत्र बुझाइएको थियो ।

अन्तरजातीय विवाह गर्न पाउने स्वतन्त्रतालाई संविधान र कानुनले नै दिएको अवस्थामा आजको युगमा जातीय भेदभावका आधारमा विवाह वा प्रेम स्वतन्त्रताबाट बञ्चित गर्दै हत्या समेतका घटनाहरु घटाउनु संविधान, कानुन र मानव अधिकारका दृष्टिले समेत जघन्य अपराध भएको ज्ञापन–पत्रमा उल्लेख छ ।

ज्ञापन–पत्र बुझ्नु हुँदै प्रमुख जिल्ला अधिकारी भुजेलले ज्ञापनपत्रलाई तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३