प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार १८:५९

विराटनगर, १६ जेठ । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद ६ हजार ६ सय ३२ जनाको स्वाव सङ्कलन गरिएको छ । आज प्रदेशभरीमा २ सय ९८ जनाको स्वाव सङ्कलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

स्वाव सङ्कलन गरिएका मध्ये १ सय ५८ जनाको रिपोर्ट पोजेटिभ, ५ हजार ९ सय ९६ जनाको नेगेटिभ र ४ सय ७८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा आरडिटी विधिबाट ११ हजार ७ सय ४७ जनाको परीक्षण गरिएको छ ।

आरडिटी गरिएका ६५ जनाको रिपोर्ट पोजेटिभ र ११ हजार ६ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ८ हजार ३ सय ३८ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । आज ६१ वेड थप गरिएको छ ।

क्वारेन्टाईनमा २ हजार २ सय ७९, होल्डिङ एरियामा ७ सय ८८ र होम क्वारेन्टाईनमा ८ हजार ९ सय ३ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) १ हजार १ सय ४७ थान वितरण गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३