प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार १८:५७


विराटनगर, १६ जेठ । प्रदेश नंं १ मा कोरोना संक्रमितको संख्या १ सय ५८ पुगेको छ । आज २८ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका २७ जना झापाको कचनकवल गाउँपालिकाका र १ जना भद्रपुर नगरपालिकाका रहेका छन् ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश १ मा आज सम्म १० महिला र १ सय ४८ पुरुष संक्रमित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । झापाको कचनकवलमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ ।
झापामा कुल संक्रमितको संख्या १ सय ७ पुगेको छ । उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, सोलुखुम्वु, भोजपुर र खोटाङका १/१ जनामा संक्रमण देखिएको छ । प्रदेश १ का संक्रमित मध्ये ३० जना उपचार पछि निको भएका छन् ।