प्रकाशित : १५ जेष्ठ २०७७, बिहीबार ०८:००

विराटनगर, १५ जेठ । सोलुखुम्बुमा एकजनामा कोरोना संक्रमण देखिएको छ । सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको सोलुखुम्बु प्रशासनले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ देखिएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो ।

सोलुखुम्वुका शंकास्पद ३ जनाको नमूना संकलन टेकु पठाएकोमा २ जनाको पीसीआर नेगेटिभ आएको उहाँले बताउनुभयो । नमूना संकलन गरि टेकु पठाएको ५ दिनपछि हिजो साँझ रिपोर्ट पोजेटिभ आएपछि आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पठाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘नमूना संकलन गरिएपछि शंकास्पदहरुलाई आईसोलेसनमा राखिएको थियो ।’

सोलुखुम्वुमा १ जनामा संक्रमण देखिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । प्रदेश १ का ८ वटा जिल्लामा संक्रमण देखिएको छ । झापामा ५४, उदयपुरमा ३३, धनकुटामा ७, मोरंगमा ५, सुनसरीमा ३, सोलुखुम्वु, भोजपुर र खोटाङका १/१ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ९ सय १ पुगेको छ । हिजो एकैदिन १ सय २९ जनामा कोरोना (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् ।

योसँगै कुल संक्रमित संख्या ९ सय १ पुगेको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३